|

काठमाडौं : सरकारले कर्मचारीहरूको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू गर्ने भएको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए। 

‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने’ उनले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने। 

सरकारले आर्थिक बर्ष ०७९/८० को बजेट ल्याउँदा  कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.