|

पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ। यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरिएको छ।

हत्या गरिएका नसीर अहमद र उनका भाइ मुनीर बिहान किनमेल गर्न जान बस पर्खाइमा रहेका अवस्थामा छुरा प्रहार भएको डन अखबारले प्रहरी जानकारी दिएको छ। एक अज्ञात व्यक्तिले उनीहरूलाई रोकेको र उनीहरूको धर्मको बारेमा प्रश्न गरेको जनाइएको छ।

आक्रमणकारीले आफ्नो झोलाबाट छुरा निकालेर अहमदलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। छुरा प्रहार गरी भाग्न खोजेका ती व्यक्तिलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएको थियो।

आक्रमणकारीले उनीहरूलाई धार्मिक आधारमा आक्रमण गरेको र तहरीक–ए–लब्बैक पाकिस्तान (टीएलपी) को पक्षमा नारा लगाएको पीडितका भाइ मुनीरले डनलाई जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.