|

जुम्ला : १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका –७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले साउन २८ गते बेलुका गिरफ्तार गरेको छ। थाहा खबर अनलाइनमा समाचार छापिएपछि प्रहरीले सोही नगरपालिका–५ जुगाड खोलाबाट गिरफ्तार गरेको हो।

पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय जुम्लामा साउन २९ गते उजुरी दिएकी हुन्। यौन दुर्व्यवहार घटनाका आरोपित महतले पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ।

आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ वैशाख महिनादेखि घरमा लगिएको थियो।

आमाले दोस्रो बिहे गरेकाले पीडित बालिका जाजरकोट जिल्ला कुशे गाउँपालिकाबाट आमासँगै जुम्ला आएकी हुन्। आमाले बजारमा व्यापार गरी बस्न थालेपछि आमासँगै जुम्ला बजार आएकी हुन्।

बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित महतले छोरी बनाएर पालनपोषण गर्ने भनेर लगेको खुलासा भएको हो।

पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक करणी गरेको बुझिएको छ। महतले करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि बाबा भन्ने राति आफूलाई श्रीमान् स्विकार्न दवाब दिँदै आएको बुझिएको छ।

छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने औषधि (विष) खाएको बताइन्।

ती बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। जुम्लामा स्कुल जाने वातावरण नभएपछि बालिकालाई मामाघर जाजरकोट पठाइएको छ। 

बालिका करणी हुँदा सुतेका निकाय

यसरी कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र कुत्सित चाहना पूरा गर्ने  यौन दुराचारीहरूको निशानामा परेकी बालिकाका लागि यहाँ सरोकारवाला निकाय महिनौँसम्म सुते।

यो विषयमा यहाँ काम गर्ने, बालबालिकाको अधिकारमा काम गर्ने जिल्ला बाल समिति पनि छ। सबै पालिकामा महिला शाखा पनि छन्। सामाजिक विकास कार्यालय पनि यही छ। महिला सेवा केन्द्र पनि छ। ओसिएमसी पनि छ। यस्तै यो क्षेत्रमा काम गर्ने अरू गैरसरकारी संस्था पनि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.