|

काठमाडौं : देशभरि आइतबार ४ सय ५५ जना कोरोना संक्रमित भेटिएका छन्। ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन्। आज २ जना संक्रमितको मृत्यु भएको छ। 

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन्। जसमा ६५ जना आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने १८९ जना संस्थागत आइसोलेशनमा र ५ हजार २४६ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.