|

काठमाडौं : माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले बल्खुबाट दिँदै आएको प्रमाणपत्र स्थानीय कलेजमै पठाउन माग गरेको छ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै बल्खुबाट नभइ हरेक जिल्लामा विकेन्द्रित रुपमा क्याम्पसहरूबाटै प्रमाणपत्र वितरण गरिनुपर्ने माग गरेको हो।

यसअघि त्रिवि उपकुलपति कार्यालयलाई ज्ञापन दिँदै माग गरिएको विषयलाई माओवादी (केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले यस्तो माग दोहोर्‍याएको हो।

महिना बितिसक्दा पनि हुबहू दोहोरिएको प्रश्नपत्र छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको, स्थानीय रुपमा शैक्षिक प्रमाणपत्र वितरणको प्रकृया अघि नबढाएको भन्दै अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति प्रकाशित गर्दै यस्तो माग अघि सारेको हो।

प्रश्नपत्र गैरजिम्मेवार रुपमा दोहोर्‍याएको विषयमा पनि उसले छानबिन र दोषीलाई  सार्वजनिक गर्न र दण्डित गर्नसमेत माग गरेको छ।

‘दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन?’ अखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ, ‘सत्यतथ्य बाहिर ल्याउन गठित समिति स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन? आज छानबिन समितिमाथि नै छानबिन गर्नुपर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको छ’ भन्दै उक्त संगठनले 
यसअघि आफूहरूले बुझाएको १८ बुँदे मागबारे पनि अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.