|

दाङ : दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ मुलकोट निवासी ७९ वर्षीय कोटबहादुर पुनको घरमा आइतबार दिउँसो करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

पुनको २ कोठे कच्ची घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वारले जानकारी दिए। पुनको घरमा चुल्होको आगो लुगामा सल्किएर आगलागी भएको थियो। स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.