झापा : प्रहरीले झापामा भारतबाट भन्सार छलेर भित्र्याइएको १५५ किलो (डेढ क्विन्टल) चिनी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ८ बजे झापाको गौरीगंज गाउँपालिका वडा नं ५ जनता टोलस्थित मान्छे नबस्ने ग्वाली (गोठ)मा भारतबाट भन्सार छलेर ल्याई लुकाई राखेको अवस्थामा चिनी फेला पारेको हो।
प्रहरीले अन्दाजी १ लाख ११ हजार मूल्य बराबरको ३१ बोरा चिनी बरामद गरेको हो। प्रहरीले बरामद चिनी नियन्त्रणमा लिएर कार्वाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।