|

पर्वत : गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा कास्कीको पोखरा लेखनाथ महानगरपालिकाले नगरभित्रका विद्यालयहरूलाई बिदा दिने भएको छ।

गुरुङ समुदायलाई ट्होटे पर्वलाई महत्त्वपूर्ण चाडका रूपमा मान्ने र पोखरामा गुरुङ जातिको बाक्लो बसोबास रहेकाले साउन ३१ गते मङ्गलबार महानगरभित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिइएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले बताएका छन्।

यो बिदा सामुदायिक तथा संस्थागत सबै विद्यालयसहित मन्टेश्वरीमा पनि लागू हुने छ।

विद्यालयहरू आफैँले एक वर्षमा बढीमा पाँच दिनसम्म स्थानीय बिदा दिन पाउने नियम छ। सोही स्थानीय बिदाबाट कट्टा हुने गरी ट्होटे पर्वमा बिदा दिने निर्णय महानगरले गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.