|

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक फिर्ता पठाएकी हुन्।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। संविधानको धारा ११३ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाई विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेर संसद्‍मै फिर्ता पठाएकाे प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा लेखिएको छ।

संसद्का दुवै सदनले फेरि जस्ताको तस्तै पारित गरी पठाएको अवस्थामा भने १५ दिन भित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यता छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.