|
फाइल तस्वीर

बैतडी : बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ। खेलकुदका साथै विभिन्न सामाजिक काम गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।

ट्रष्टले यसअघि प्रत्येक वर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि अन्तरपालिका प्रतियोगिताको तयारी गरेको हो। तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र त्यसमा दशओटै पालिकाका टिमको सहभागिता रहने ट्रष्टका अध्यक्ष ग्रिस चन्दले बताए।

मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगितामा पहिलो हुने टिमलाई नगद १ लाख २५ हजार पुरस्कार दिइनेछ। दोस्रो हुने टिमलाई नगद ७५ हजार र तेस्रो हुने टिमलाई नगद ३५ हजार पुरस्कार दिइनेछ। यसका साथै प्रतियोगितामा ३ विधामा उत्कृष्ट खेलाडीले ५ हजारका दरले नगद पुरस्कार पाउनेछन्।

सुन्दरखाली खेलमैदान हुने प्रतियोगिताको मिति केही दिनमै तोकिने जनाइएको छ। बैतडीमा भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको ट्रष्टले यो वर्ष उन्नाइस वर्षमुनिको क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजनासमेत बनाएको छ।

शैक्षिक क्षेत्रको उन्नतिका लागि मणिलेक मावि काँडा मेलौलीमा पुस्तकालय स्थापनाका लागि सहयोग गरेको ट्रष्टले अन्य विद्यालयमा पनि सहयोग गर्ने योजना रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.