|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन्। 

शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन्। ओली दम्पती नागार्जुन नगरपालिकामा रहेको उक्त आश्रमको शाखामा पुगेर आइतबार साँझ आश्रितहरूलाई भोजनसमेत गराए। शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि ५२ हजार सहयोग गरिन्।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद ढकाल, मानवसेवा आश्रमका अभिभावक एवम् वागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय सुरेशमान श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रशासन विभाग प्रमुख नारायण तिमल्सिनालगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.