|

दक्षिण कोरियामा पछिल्लो एक दिनमा ६२ हजार जना कोरोनाबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोनाबाट सङ्क्रमित भएका हुन्।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ करोड १४ लाख १८ हजार ३६ पुगेको छ। केही दिन अगाडिसम्म दैनिक १ लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको छ। अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या १ लाख २४ हजार ८२९ रहेको थियो।

अहिले सङ्क्रमित रहेकामध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ। यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९ जना बढी हो। दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ। त्योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु भएकाहरूको सङ्ख्या २५ हजार ६७३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.