|

काठमाडौं : शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन्। 

सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘देशको साहित्यिक, सांस्कृतिक क्षेत्रलाई सुदृढ गर्नुपर्नेछ । उपत्यकाभित्र बसोवास गर्ने, प्रत्येक जाति, संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा हुन् । यिनको खोजि र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो । जहाँसम्म प्रज्ञा प्रतिष्ठानको मंसिरसम्म म्याद छ । हाम्रो त मंसिर ८ गते गइहाल्छ, हेर्नुहोस् त्यस्तो छ।’

देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने उनको भनाइ छ। 
कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए। 

देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यक्ता रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.