|

काठमाडौं : नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी कारोबार नगर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरी क्रिप्टोकरेन्सी कारोबार नगर्न सचेत गराएको हो। बैंकले बिट क्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गैरकानूनी रहेको स्मरण गराउँदै त्यस्तो कारोबार नगर्न भनेको हो।

नेपालभित्र बसोबास गर्ने नागरिक, कम्पनी, संस्था र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म‚ कम्पनी तथा एजेन्सीले क्रिप्टोकरेन्सी कारोबार गरेको पाइए कारबाही गरिने चेतावनी बैंकले दिएको छ।

यस्ता किसिमका कुनै पनि क्रिप्टो कारोबार राष्ट्र बैंकले निष्काशन नगरेको तथा कुनै किसिमको सुरक्षण नभएकाले ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवं सट्टेबाजीलगायत जोखिमहरू रहेको उल्लेख गरेको छ।

यसअघि पनि राष्ट्र बैंकले २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते र माघ ९ गते सार्वजनिक सूचना जारी गरी गैरकानुनी कारोबार नगर्न सचेत गराउँदै कारबाहीको चेतावनी दिएको थियो।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.