|

काठमाडौं : नेदरल्याण्ड्स पठाइदिने आश्वासन दिएर १ करोड ३६ लाख ५० हजार रूपैयाँ ठग्ने म्यानपावर सञ्चालक पक्राउ परेका छन्।

खोटाङ बाह्रपोखरी गाउँपालिका-५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्युमन रिसोर्सेस प्रालिका सञ्चालक वर्ष ३५ को प्रकाश राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनले रसुवा गोसाईँकुण्ड गाउँपालिका-५ ठूलोस्याप्रुका २७  वर्षीय निमा काल्तेन तामाङसमेत १६ जनालाई वर्किङ भिसामा नेदरल्याण्ड्स जान प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्ने र त्यहाँ पुगेपछि पानीजहाजको सिम्यानको काममा लगाइदिने प्रलोभनमा पारेका थिए।

शुरुमा मासिक पारिश्रमिक ७५ हजार रूपैयाँ हुन्छ भन्ने विश्वास दिलाएर लालचमा पारी १६ जना पीडितहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम लिई राई बेपत्ता भएका थिए।

वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेपछि अनुसन्धान कार्यालयबाट खटिएको टोलीले राईको खोजतलास गरी आइतबार काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.