काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा दोस्रो हाफको सुरुदेखि १० खेलाडीमा सिमित लिभरपुल १–१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो।
३२ औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए। तर १० खेलाडीमा सिमित लिभरपुलका लागि लुइस डियाजले ६१ औँ मिनेटमा बराबरी गोल फर्काए।
त्यसपछि थप गोल नहुँदा लिभरपुल लगातार दोस्रो खेल बराबरीमा रोकिन पुग्यो। पहिलो खेलमा लिभरपुल फुलहमसँग पनि को बराबरीमा रोकिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।