|

काठमाडौं : उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। 

चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। 

मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले खातुन र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.