|

काठमाडौं : युभेन्टसले इटालियन सिरी 'ए' मा विजयी सुरुवात गरेको छ। अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफ्नो पहिलो खेलमानै गोल गरेपछि घरेलु मैदानमा सस्सुलोलाई ३-० ले पराजित गर्‍यो।

घरेलु समर्थकमाझ युभेन्ट्सको सहज जित निकाल्दा डि मारियालेनै एक असिस्ट गरेका थिए भने भ्लाहोभिचले दुई गोल गरेका थिए। खेलको २६औं मिनेटमा 'डेब्यु' गोल गर्ने क्रममा डि मारियाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भएको थियो।

४३औं मिनेटमा भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। पेनाल्टी बक्समा जियान मार्को फेररारीले भ्लाहोभिचलाई नै फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेपछि उनले टिमलाई सहज जित तर्फ डोर्‍याएका थिए।

५१औं मिनेटमा भ्लाहोभिचले ब्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए। भ्लाहोभिचले डि मारियाको पासलाई सदुपयोग गरेका थिए। जितसँगै युभेन्ट्सले ३ अंक जोडेको छ। सस्सुलो अंकविहीन छ । सिरी 'ए' कै अर्को खेलमा नेपोलीले हेलास भेरोनालाई ५-२ ले पराजित गर्दै सानदार सुरुवात गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.