|

काठमाडौं : जनता समाजवादी पार्टीका जसपाका प्रचार विभाग प्रमुख तथा नेपाल समाजवादीका नेता डम्बर खतिवडाले बाबुराम भट्टराईसँगको ८ वर्षको सहकार्य अन्त्य गरेका छन्। 

‘करिब ८ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु।’ उनले  सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,  ‘आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु। नेसपा–माओवादी एउटै चिन्ह हसिँया हथौडाबाट चुनाव लड्न निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन। धन्यवाद।’

जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराईको साथ दिँदै आएका उनले हँसिया हथौडाबाट चुनाव लड्ने निर्णय गरेसँगै पार्टी परित्याग गरेका हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.