|

काठमाडौं : धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र सहचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जीप चालक धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र सहचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ।

चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बागमत प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई गएराति ठक्कर दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.