‘आगामी दिनमा वृहत राजनीतिम ध्रुवीकरण गर्ने याेजना छ’

|
फाइल फोटो

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अंग भएको बताएका छन्। 

माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन सहमतिपछि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष भट्टराईले गठबन्धनको मापदण्डअनुसारकै सिट पाउने बताएका हुन्। 

उनले भने, ‘माओवादी र नेपाल समाजवादी पार्टीबीच आगामी निर्वाचनमा एउटै चिह्नबाट जाने सहमति भएको छ। त्यहीअनुसारको आवेदन दिइएको छ। तत्काल चुनावका लागि मात्रै हो। सिटबारे छलफल गछौँ‚ हामी मिलाएर जान्छाैँ। हामी गठबन्धनकै अंग हौँ। गठबन्धनको मापदण्डकै आधारमा सिट पाउछौँ। कसैलाई भ्रम नपरोस्।’

तत्काललाई चुनावका लागि मात्रै सहकार्य भए पनि आगामी दिनमा वृहत राजनीतिक ध्रुवीकरण गर्ने तयारी रहेको बताए। परिर्वतन गर्न एक्ला एक्लैभन्दा मिलेर जान आवश्यक भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.