निर्वाचन आयोगले चासो नदिएको राम–लक्ष्मणको गुनासो

|

काठमाडौं : राम लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाईको पाँचौ संस्करण हो।

आज पत्रकार सम्मेलन गरेर इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो। वर्षौंदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाई रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनको उद्घाटन बुबा ईश्वरीप्रसाद र आमा गंगा रिमाल, रिपाेर्टर्स क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा गरेका हुन्।

करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए।

यद्यपि, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे। उनले भने, ‘मेसिन बनाएको १० वर्षसम्म पनि निर्वाचन आयोगले कुनैपनि इनपुटहरु दिएको छैन्। आयोगले हामीलाई वास्ता नगरेको हो झैँ लागिरहेको छ।

यो प्रस्ताव लिएर जाँदा आयोगले पार्टीहरूसँग सल्लाह गर्न सुझाव दिएअनुसार हामी पार्टीहरूमा कुरा राख्न गयौँ।’ आयोगले आफूहरुको मेशिनबारे केही अपुग भएको वा मिलाउनुपर्ने केही भए मिलाउ भनेमा त्यो गर्न पनि आफूहरु तयार रहेको उनको भनाई छ।

तर, यति गर्दा पनि आयोग मौन रहेको उनको दुःखेसो थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.