|

काठमाडौं : मधेश आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्येका एक नेता किशोरकुमार विश्वासले निर्वाचन आयोगमा बहुल राष्ट्रिय समाजवादी पार्टी नेपाल दर्ता गराएका छन्।

किशोरकै अध्यक्षतामा पार्टी सोमबार आयोगमा दर्ता भएको हो। मधेश आन्दोलन सफल भएपछि मधेशी जनअधिकार फोरम छाडेर किशोर नयाँ पार्टी गठनको गृहकार्य थालेका थिए।

पार्टीले २१ सदस्यीय केन्द्रीय समिति बनाएर आयोगमा दल दर्ता गरिएको छ। पार्टीले चुनाव चिह्न ‘मास्क’ (मुखुन्डो) माग गरेको छ। पार्टी दर्ता गराउँदा पेश गरिएका कागजातअनुसार सुनसरी, मोरङ, झापा, सिराहा, पर्सा र काठमाडौंका थारु–राजबंशीको प्रतिनिधित्व गराइएको छ।

मधेश आन्दोलनपछि खासगरी टेलिभिजन अन्तरवार्तामा देखिने किशोर राष्ट्रवादी नेता हुन्। सुनसरीको दुहबी निवासी उनी थारु समुदायमा राम्रो पकड राख्छन्।

किशोरले थारु समुदायबीच एकता कायम गर्न सकेमा उनले दर्ता गरेको पार्टीको औचित्य पुष्टि हुने पक्का छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.