|

काठमाडौं : गत आर्थिक वर्षमा मूल्यवृद्धि दोब्बर बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७८/७९मा औसतमा वार्षिक ६ दशमलव ३२ प्रतिशत मूल्यवृद्धि रहेको छ।

अघिल्लो वर्ष औसतमा ३ दशमलव ६० प्रतिशत मूल्यवृद्धि भएको थियो। अन्तरराष्ट्रिय स्तरमा डलरको भाउ बढेसँगै नेपालमा मूल्यवृद्धि पनि बढ्ने गरेको छ।

मुलुकका लागि सबैभन्दा बढी चिन्ताको विषय बनेको विदेशी मुद्रा सञ्चितिमा भने सुधारको संकेत देखिएको छ। गएको वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति जेठ मसान्तसम्म आइपुग्दा ११ खर्ब ७६ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा झण्डै ३० अर्ब सञ्चिति बढेको देखिएको छ। असारसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। पछिल्लो ३ महिनामा विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ।

अहिले मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितिले वस्तु मात्र आयात गरे ७ दशमलव ८ महिना र वस्तु तथा सेवा दुवै आयात गरे ६ दशमलव ९ महिना मात्र धान्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.