|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ। बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको छ। 

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठन सम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए। 

उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने  सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको बताए। 

‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौँ। संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनु पर्ने केही विषयहरु थिए। केन्द्रिय कमिटीमा थप्नुपर्ने केही साथीहरू र पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषय तपाईहरूको जिज्ञासाको विषय होला’ उनले भने, ‘यी सबै विषयमा हाम्रो विस्तृत छलफल भयो । करिव करिव हामी टुंगोमा पुगेका छौँ। पदाधिकारी पनि भोलि टुंगो लाग्छ ।’

पार्टीको स्थायी कमिटीको बैठक बिहीबार ८ बस्ने बताए। महाधिवेशन भएको महिनौं बित्दा समेत माओवादीले पदाधिकारी टुंगो लगाउन नसकेको भन्दै पुष्पकमल दाहाल प्रचण्डको आलोचना भइरहेको छ।

महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच टक्कर परेकै कारणले प्रचण्डलाई सकस परेको छ। प्रचण्डले गरेको प्रस्ताव सर्वसम्मत स्विकार गर्ने यसअघि नै निर्णय गरिसकेका छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.