|

काठमाडौं :  काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न  बञ्चरेडाँडा लैजान  लगातार समस्या भएसँगै तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका छन्। बुधबार काठमाडौ नुवाकोट र धादिङ जिल्लाका प्रमुख छलफलमा जुटेका हुन्। 

उपत्यकाको फोहोर व्यवस्थापनका लागि लामो समयदेखि समस्या भएको छ । जसको समाधानका लागि छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी  भएका छन्। 

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरू सँग छलफल भइरहेको हो। 

काठमाडौं, नुवाकोट र धादिङबाट बाक्लो संख्यामा प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्ने काम भइरहेको छ। बुधबार त्यहाँ सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरेको छ। त्यसक्रममा अवरोध गर्न खोज्दा प्रहरीले बलसमेत प्रयोग गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.