|

काठमाडौं : सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भने पनि देशभरका विभिन्न विद्यालयले विद्यार्थीबाट रकम असुल्ने गरेको पाइएको छ। देशैभरका विभिन्न सरकारी विद्यालयले कानूनी व्यवस्थाविपरित रकम असुल गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा परेको छ।

त्यस्ता उजुरीमाथि अख्तियारले सातै प्रदेशका शाखा कार्यालय र केन्द्रीय कार्यालयबाट छानबिन भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार ती विद्यालयले बिना रसिद विभिन्न नाममा शुल्क असुल्ने गरेका छन्।

अनुसन्धानकै क्रममा बुधबार सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयको कागजात अख्तियारले नियन्त्रणमा लिएको छ। सो विद्यालयले कक्षा ११ को प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीबाट अदालतको आदेशविपरित भर्ना शुल्क असुल गरेको आयोगले जनाएको छ।

अख्तियारमा उच्च अदालत सुर्खेतको २०७८ जेठ २३ गते अन्तरिम आदेश र मंसिर १ गते परमादेशविपरित भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको उजुरी परेको थियो।

सोही उजुरीमाथि अनुसन्धानका क्रममा बिना रसिद विभिन्न विद्यार्थीबाट असुल गरिसकेको २ लाख ७६ हजार ६९० रूपैयाँ र सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.