|

काठमाडौं : थाहाकर्मी सन्चु ब्लोन तामाङ ‘तामाङ मिडिया अवार्ड २०७९’ बाट सम्मानित भएकी छन्।

२८ औँ तामाङ प्रशारण दिवसका अवसरमा राजधानीमा भएको कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रीय कार्य समितिले ब्लोनलाई सम्मान गरेको हो। आज संघीय राजधानी काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा एक समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय निमा लामाबाट उनी सम्मानित भएकी हुन्।सम्मानबाट यस क्षेत्रमा निरन्तर लागिरहन थप ऊर्जा मिलेको प्रतिक्रिया ब्लोनले दिइन्।

​उनले १८ वर्ष अघिदेखि तामाङ मातृभाषाको पत्रकारिताबाट यात्रा शुरु गरेकी थिइन्। सम्मानित भएकी तामाङ डाजाङकी पूर्वअध्यक्ष, थाहा संचार रेडियो नेटवर्ककी सम्पादक एवं नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी छन्। सोही अवार्डबाट इश्वर तामाङ पनि सम्मानित भएका छन्।

कार्यक्रम बागमती प्रदेशका स्वास्थ्यमन्त्री लामाको प्रमुख आतिथ्यतामा भएको थियो। २०५१ साल भदौ १ गते तामाङ मातृभाषामा ५ मिनेट समाचार प्रशारण भएको ऐतिहासिक दिनको विशेष अवसरमा तामाङ पत्रकार संघ केन्द्रीय कार्यसमितिले प्रत्येक वर्ष नियमित कार्यक्रम गर्दै आएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.