|

जनकपुरधाम : धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जनकपुरबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।

मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नम्बर २ बस्ने १३ वर्षीय विशाल दास रहेका छन्।

बिहीबार दिउँसो जनकपुर–ढल्केबर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका-२ नक्टाझिजस्थित हजराचौकमा साइकलमा सवार बालकलाई बसले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थ केयरमा लगिएको थियो।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.