|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २५ वर्षीय शान्तिदेवी धामीले सुसाईड नोट लेखेर आत्महत्या गरेको घटना पेचिलो बन्दै जान थालेको छ। धामीका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

डडेल्धुराको परशुराम नगरपालिका १० का मृतकका दाजु हरिसिंह महराले इलाका प्रहरी कार्यालय झलारीमा आत्महत्या दुरुत्साहनमा मृतकका छिमेकी र परिवारका गरी छ जनाको नाममा किटानी जाहेरी दिएका छन्।

शान्तिदेवीले साउन ३० गते आफ्नाे घरमा सेल्फास नामक विषादी सेवन गरी आत्महत्या गरेकी थिइन्।

‘घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छौँ’ मृतकका दाजु हरिसिंहले भने, ‘सुसाईड नोटमा नाम किटान गरिएका मानसिक तनाव दिने व्यक्तिहरुविरुद्ध किटानी जाहेरी दिएका छौँ।’

इलाका प्रहरी कार्यालय झलारीले किटानी जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछको कार्य भैरहेको जनाएको छ। महिला अधिकारकर्मी शारदा चन्दले घटना निन्दनीय भएको उल्लेख गर्दै निष्पक्ष रुपमा छानबिन गरिनु पर्ने बताइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.