भारत र जिम्बाब्वेबीच भएको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले सहज जित निकालेको छ। एकतर्फी जित निकाल्ने क्रममा भारतले जिम्बाब्वेलाई १० विकेटले पाखा लगायो।
भारतका बलरहरुको उत्कृष्ट प्रदर्शनमा पहिलो ब्याटिङ गरेको जिम्बाबे ४०/३ ओभरमा १ सय ८९ रनमा समेटिएको थियो। जवाफमा भारतले आफ्नो ओपनर जोडीको सानदार प्रदर्शनमा नै सहज जित निकाल्यो।
भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्ण र अक्षर पटेलले समान ३/३ विकेट लिए। भारतका लागि ओपनर शिखर धवनले ८१ रन बनाउँदा शुभमन गिल ८२ रनमा नटआउट रहँदै टिमलाई सहज जित दिलाए। भारतले ३०/५ ओभरमा नै जित हासिल गरेको थियो।
धवनले जिम्बाबेविरुद्ध करिअरको ३८ औँ अर्धशतक प्रहार गरे। उनले आफ्नो इनिङमा १ सय १३ बलको सामना गर्दा ९ चौका प्रहार गरेका थिए। गिलले भने आफ्नो एकदिवसीय करिअरको तेस्रो अर्धशतक प्रहार गरे। उनले ७२ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गरेका थिए।
यसअघि पहिलो ब्याटिङ गरेको जिम्बाब्वेका लागि रेगिस चकभाले ३५ रन बनाउँदा ब्राड इभान्स ३३ रनमा अविजित रहे। त्यस्तै रिचार्ड नरभाले ३४ रन बनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।