‘महँगी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ’

|

काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौं महानगरपालिका - १० मा आयोजित  सामुदायिक सभा हल उद्‍घाटन कार्यक्रममा बोल्दै  महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले सहयाेग गर्नुपर्ने बताएका हुन्।

नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए।   इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनुभएन। सरकारले अलिकति पहल गर्नुपर्‍याे।’

सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए।  काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको मत छ। उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखे। ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ। यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ उनकाे भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.