|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशका साझा सम्पत्ति रहेको बताएका छन्।

मुख्यमन्त्री राईले षडानन्द नगरपालिका ११ मा आज (शनिबार) लाखे नाच कार्यक्रमलाई सम्बोधन गर्दै संस्कार, संस्कृति देशको साझा सम्पत्ति रहेका हुनाले यसको संरक्षण सबैको दायित्व रहेको बताएका हुन्।

उनले आफ्नो मौलिक परम्परा र संस्कृति जोगाउन सबैको दायित्व रहेकाले यसको जगेर्ना गर्न सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्न आग्रहसमेत गरे। मुख्यमन्त्री राईले आफ्नो गृह जिल्ला भोजपुरको झ्याउपोखरीमा पुगेर ढोलक बजाउँदै लाखे नाचमा सहभागी जनाएका थिए।

उनीसँगै षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले ढोल बजाएर साथ दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.