|

काठमाडौं उपत्यकामा सहजै फोहोर व्यवस्थापन हुन नसकेको विषय नौलो होइन। तर अहिले आएर यो विषय थप फोहोरी बनेको छ। कुनै भयानक रोगभन्दा खतरनाक हो राजनीतिक दृष्टिविहीनता।

व्यक्तिको शरीरमा लागेको शारीरिक रोग भिडियो एक्सरे गरेर, रगत, सुगर, रक्तचाप आदि जाँचेर निर्मूलको उपाय पत्ता लाग्छ। तर राजनीतिक रोगलाई कहाँ–कसरी जाँचेर रोग पत्ता लगाउन सकिन्छ भन्ने कोही निस्केका छैनन्।

निदाएको होइन निदाएको जस्तो गर्ने र निहित स्वार्थलाई केन्द्रमा राख्नेले राजनीति गर्न सक्ला तर राष्ट्रसेवा र जनसेवा गर्न सक्दैन। ओशो भन्नुहुन्छ– जसमा जागरूकता छैन, स्वयंमा हीन भावना छ तर सबैलाई जित्ने प्रयास गर्छ उसलाई मात्रै राजनीतिमा रस हुन्छ र उसको पेशा नै राजनीति हुन्छ।

तर राजनीतिज्ञको मानसिक सोच र कर्म नै फोहोरी छ भने सडकको फोहोर कसरी व्यवस्थापन हुन्छ र ? जसरी फोहोर थुप्रिँदै गएपछि दुर्गन्ध फैलिन थाल्छ  त्यसले समाजका सबै नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गर्छ ​त्यसरी नै राजनतिक दुर्गन्धले पनि एक–अर्कालाई समेत थाहै नपाई असर गर्न थाल्छ। अनि त्यहाँ कोही स्वतन्त्र हुन सक्दैनन्। दुर्गन्धले एक अर्कालाई गाँजिसकेपछि कोही स्वच्छ र सफा हुन सक्दैनन्।

अल्बर्ट आइन्स्टाइन, बर्टेंड रसेल, जाँ पाल सात्र, रवीन्द्रनाथ टैगोरलाई किन राजनीतिले आकर्षण गर्न सकेन? किनकी उनीहरूमा हीनताबोध थिएन र कसैको काँधमा चढेर या कसैलाई काँधमा चढाएर प्रतिष्ठित बन्नु पनि थिएन। हुन त राजनीति–राज्यको नीति, उच्च नीति, सेवा भावको कर्म हो  र यो नै विकासको आधार हो ।

तर हाम्रो देशमा त्यसो हुन पाएको छैन। कुनै पनि राजनीतिक दलको भूमिका राष्ट्रसेवा र जनसेवामा निहित हुन सकेन। राजनीतिक दृष्टिविहीनताबाट बचेर फोहोरी राजनीतिबाट बाहिर आउन सचेतना जागृत हुनुपर्छ।

तर राजनीतिज्ञको मानसिक सोच र कर्म नै फोहोरी छ भने सडकको फोहोर कसरी व्यवस्थापन हुन्छ र ? जसरी फोहोर थुप्रिँदै गएपछि दुर्गन्ध फैलिन थाल्छ  त्यसले समाजका सबै नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गर्छ ​त्यसरी नै राजनतिक दुर्गन्धले पनि एक–अर्कालाई समेत थाहै नपाई असर गर्न थाल्छ। अनि त्यहाँ कोही स्वतन्त्र हुन सक्दैनन्। दुर्गन्धले एक अर्कालाई गाँजिसकेपछि कोही स्वच्छ र सफा हुन सक्दैनन्। आन्तरिक रूपमा स्वच्छ, सफा र स्पष्ट नहुनेले बाहिरको फोहोर र दुर्गन्धको भेउ नै पाउँदैन अनि कसरी व्यवस्थापन हुन्छ फोहोरको ?

स्वतन्त्रलाई छैन स्वतन्त्रता

गत स्थानीय निर्वाचनदेखि नै स्वतन्त्र उमेदवारको लहर र विजयीको उत्साहसँगै नागरिकले पनि खुसीको महसुस गरे। जो स्वतन्त्र उम्मेदवार उठे र जनमतले विजयी भए यो उनीहरूको विश्वास र क्षमता आफ्नो ठाउँमा छँदैछ तर त्यो भन्दा धेरै राजनीतिक दलहरूप्रतिको अविश्वास र वितृष्णाको परिणाम पनि हो, स्वतन्त्रहरूले जनमत प्राप्त गर्नु।

स्वतन्त्र उमेदवारी र जनप्रतिनिधिको लहर संघीय र केन्द्रिय निर्वाचनमा पनि आउनेवाला छ। तर अब स्वतन्त्रलाई स्वतन्त्रता दिन, स्वतन्त्ररूपले काम गर्न दिनमा कसरी बाधा पुग्छ त्यो चेष्टा राजनीतिक दलहरूभित्रको आन्तरिक प्रयास सहजै अनुमान गर्न सकिन्छ।

विशेषगरी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजको समस्या होइन र नयाँ मेयरको मात्र जिम्मेवारी र दायित्त्व पनि होइन। यो हिजो देखिकै समस्या हो र वर्तमान मेयरले यसलाई दीर्घकालीन समाधान गर्ने प्रयास गरिरहेका छन्।

अहिले आएर यसमा राजनीतिक चलखेल मिसिएर नै समस्या देखिएको हो कि भन्ने आँकडा सबैले गरेका छन्। बञ्डाँचरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या र राजनीतिले प्रष्ट पारेको छ कि स्वतन्त्रलाई स्वतन्त्र ढंगले काम गर्न दिइँदैन।

वास्तवमा स्वतन्त्र समाजसेवी भनेको अति शासनलाई निरुत्साहित गरी विना बाधा व्यवधान आफ्नो परोपकारी व्यक्तित्वलाई प्रकट गर्दै जनसेवामा समर्पित हुनु हो। जनता हुनुको महसुस गर्दै जनताकै सेवामा लाग्नु र सबैबाट सहयोगको अपेक्षा एक स्वतन्त्र जनप्रतिनिधिको इच्छा र उद्देश्य हो।

तर, देखिँदैछ नेपालमा स्वतन्त्रलाई स्वतन्त्रता छैन। किनकी जनतामाथि अति शासन गरी, व्यवस्थालाई तहसनहस बनाउन सफल राजनीतिक नेतृत्वलाई स्वतन्त्र जनप्रतिनिधिले स्वच्छ भावनाले गरेको कर्म नै स्वीकार्य हुँदैन। अर्कोतिर स्वतन्त्र जनप्रतिनिधिलाई पनि धेरै चुनौती छन्, जसप्रति सधै सजग रहनुपर्ने जरूरी छ।

स्वतन्त्र जनप्रतिनिधिले सकारात्मक शक्ति, सकारात्मक सोच र विश्वासलाई आफ्नो गुण र कार्यशैली विकासको मापन बनाउनु पर्छ। राजनीतिक स्वतन्त्रता, प्राकृतिक स्वतन्त्रता, नागरिक तहको जीवनशैली विकासमा जोड दिनुपर्छ। पृष्ठभूमिमा आउने बाधा व्यवधानलाई सजगतापूर्वक समाधान गर्ने र कर्ममा जोड दिने शैलीको विकास जरूरी हुन्छ।

स्वतन्त्र जनप्रतिनिधि सिधा नागरिकको आशाको केन्द्र हुने भएकोले राजनीतिक गन्धबाट बचेर जे उद्देश्य र लक्ष्य हासिल गर्न जनमतको अपेक्षा गरिएको थियो त्यसमै केन्द्रित हुनुपर्छ। सहयोग पाउने भनेकै नागरिक समुदायबाट भएकाले नागरिक र उनीहरूको मतलाई, विचारलाई केन्द्रमा राखिनुपर्छ। परिवर्तन दुईतीन  दिनमै हुँदैन। तर योजना बनाउनु, पहल गर्नु र कर्ममा निरन्तरता दिनु महत्त्वपूर्ण हुन्छ। 

धर्म र राजनीति

भनिन्छ नि मानिस भएपछि सबै कुरामा धर्म हुनुपर्छ। राजनीतिमा पनि धर्म निभाउनु पर्छ। तर आश्चर्य लाग्छ राजनीतिमा कसरी धर्म? हामीले राजनीतिक इतिहास, राष्ट्रको विकास र नेतृत्वहरूको जीवनशैली र सोच अनि कर्म गर्ने तरिका देख्दा लाग्छ सबैतिर धर्म जीवित छ। मात्र राजनीतिमा छैन।

हुन त राजनीति जनसेवाको मार्ग हो। राजनीतिज्ञ जनताका सेवक हुन् त्यसैले राजनीति सांसारिक मार्ग हो। तर, धर्म आध्यात्मिक विकासको लागि पथ प्रदर्शक हो र यो पवित्र मार्ग हो। धर्म अमूल्य छ राजनीतिमा मूल्य चुकाउनुपर्छ। त्यसैले त धर्म उच्चतम आयाम बन्यो र राजनीति न्यूनतम।

धर्मले मानव चेतनालाई उकास्ने काम गर्‍यो। तर राजनीतिक इतिहास हेर्दा यसले व्यक्तिलाई लोभीपापी हुन पो सिकाए जस्तो छ। फरक यति छ कि राजनीतिसँग भौतिक शक्ति छ होला तर धार्मिकतामा प्रेम छ, शान्ति छ र दिव्यता छ जसले जीवनलाई आहा बनाएर बाँच्न प्रेरित गर्छ।

राजनीति शक्तिको आडमा स्वार्थलाई बढावा दिने माध्यम बन्यो, तर धर्मले सत्यको खोजी गर्ने प्रेरणा दियो। राजनीतिमा विध्वंसात्मक गतिविधि पनि होलान् तर धर्म नितान्त कोमल छ। राजनीतिसँग हृदय हुँदो रहेनछ तर धर्म शुद्ध हृदय हो।

जीवनमा विकास भनेको त त्यो रूपान्तरण हो जसले शान्ति, प्रेम, भातृत्व र आनन्द फैलाउन सकोस्। निश्चित रूपमै धार्मिक व्यक्ति राजनीतिको हिस्सा बन्न सक्दैन। तर जो आफूलाई धार्मिक भन्न रुचाउँछ अनि धार्मिक क्षेत्रमै राजनीति गर्न थाल्यो भने ऊ नक्कली धार्मिक र नक्कली राजनीतिज्ञ पनि हो। कम्तीमा एकातिर त इमानदार हुनुपर्यो नि!

मानौंँ धर्म एउटा सुन्दर गुलाबको फूल र राजनीति पत्थर जस्तो। पत्थरले फूललाई नष्ट गर्न सक्ला र फूलले आफूलाई असुरक्षित महसुस गर्ला तर उसमा धार्मिकता छ, सुन्दरता छ, सुवास छ। राजनीतिसँग शक्ति भएपनि अधार्मिक छ, दुर्गन्धित छ अनि अमानवीयताको बिगबिगी छ।

जीवनमा विकास भनेको त त्यो रूपान्तरण हो जसले शान्ति, प्रेम, भातृत्व र आनन्द फैलाउन सकोस्। निश्चित रूपमै धार्मिक व्यक्ति राजनीतिको हिस्सा बन्न सक्दैन। तर जो आफूलाई धार्मिक भन्न रुचाउँछ अनि धार्मिक क्षेत्रमै राजनीति गर्न थाल्यो भने ऊ नक्कली धार्मिक र नक्कली राजनीतिज्ञ पनि हो। कम्तीमा एकातिर त इमानदार हुनुपर्यो नि!

आफ्नो मानवीयतालाई नै भ्रष्ट बनाउने शक्ति पनि के शक्ति भो र! त्यो पनि के राजनीति भो र! राजनीति अहंकारको खेल हो भने धर्ममा अहोभावले काम गरेको हुन्छ।

मुल्ला नसरुद्दिनलाई छोराले सोधे–बुबा यो राजनीति भनेको के हो ? नसरुद्दिन भने, ‘शब्दमा भनेर बुझाउन सकिन्न। आइज एउटा खेल खेलौँ। त्यसबाट बुझ्नेछस् छोरा।’

छोरा राजी भए, बुबाको नजिक गए । मुल्ला नसरुद्दिनले छोरालाई सिँढी चढेर माथि जान भने। छोरा गयो। अनि भने, ‘अब दौडेर तल ओर्ली। म सम्हाल्छु तँलाई।’छोरा सिँढी चढेर माथि त गए तर दौडेर सिँढी ओर्लिन भने हिच्किचाए। डर लाग्यो उनलाई। उनले भने, ‘बुबा मलाई डर लाग्यो, यदि तपाईंले सम्हाल्न सक्नुभएन भने त म लड्छु नि!’

‘कस्तो बाबुको विश्वास नगरेको! दौडी म सम्हाल्छु’, नसरुद्दिनले भने। बाबुको विश्वास गरेर छोरो दौडियो। तर नसरुद्धिनले सम्हालेनन्। छोरा लड्यो। चोट लाग्यो।घुँडाबाट रगत बग्यो। अनि छोराले रिसाउँदै भन्यो, ‘यस्तो धोका! आफ्नै बुबाबाट?’  नसरुद्दिनले भने, ‘हो छोरा यस्तै हो राजनीति। यही हो राजनीति।’

आश्वासन तर धोका यही हो राजनीति!, झुट बोल्न कुनै हिच्किचाहट छैन। यही हो राजनीति!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.