|

हुम्ला : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ। व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाएका छन्।

स्याँडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताए।

वडाध्यक्ष बुढाका अनुसार परम्परागत धार्मिक संस्कारअनुसार घरका कुल देवता कुतिहिल्सो देवताको पूजाआजा गरी स्याँडा गाउँभन्दा माथिको चोख्या चउरमा यो पर्व मनाइयो। स्याँडा गाउँका स्थानीयले परापूर्वदेखि नै चोख्या पर्व मनाउँदै आएको स्थानीय बताउँछन्।

स्याँडामा हिल्सो देवताको मन्दिरमा पूजाआजा गरी वर्षभरीका लागि भाकलको छिनोफानो गर्ने, धार्मिक झाँक्री नचाउने, देउडा खेल खेल्न चलन छ।​

चोखेमेला हेर्नका लागि स्याँडा र आसपासका स्थानीय बासिन्दा स्याँडामा जम्मा हुने गर्छन्। घरबाट पकाएर लिएको मिष्ठान्न भोजन आफन्तसँग बसेर खाने दिनभर रमाइलो गरी बेलुका घर फर्किने गरेको स्थानीय नुर्बु बुढाको भनाइ छ।

चोख्या पर्वको बेला बाहिरबाट चोख्या हेर्न आउने पाहुनालाई बोलाइ बोलाइ पाहुनाको स्वागत गर्नु मुख्य विशेषता हो।

चोख्यालाई परम्परागत रुपमा मनाउँदै आएका हुम्लाको सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएको छ। देउडा पारखीले रातदिनभर देउडा खेल खेल्ने चलन पनि रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.