|

काठमाडौं: सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको छलफल सीट बाँडफाटमा केन्द्रित भएको जनाएको हो। 

कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले आ–आफैनै दाबी पेश गरेका छन्। १६५ निर्वाचन क्षेत्रमा २ सय ३१ क्षेत्रका लागि आ–आफ्नै दाबी परेको छ।

कांग्रेसले १०० सिटमा दाबी गर्दा माओवादीले ६० सिट नछाड्ने अडान लिएको छ। त्यस्तै एकीकृत समाजवादीले उभ्रेको सिट नलिने भन्दै ४० सिट दाबी गर्दै आएको छ। यस्तै जनता समाजवादीले ३२ तथा राष्ट्रिय जनमोर्चाले दुईसिटमा दाबी गरेको छ।

जनमोर्चाले बागलुङबाट चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेललाई सिफारिस गरिसकेको छ। 

देउवा र प्रचण्डको निर्देशनपछि कार्यदलले सहमतिको खाका तयार गर्ने र आजै सत्ता गठबन्धनको बैठक बस्ने तयारी रहेको स्रोतको दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.