|

काठमाडाैं : नयाँ रियालिटी साे नेपाल ट्यालेन्ट हन्टकाे अडिसन सुरु भएकाे छ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको अनेक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गरिने नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको हाे।

रियालिटी सोको निर्णायकको रूपमा गौरी मल्ल, निर शाह र सुगम पोख्रेल रहेका छन्। साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन्। शनिबार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुने यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन्।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाई udition.nepaltalenthunt@gmail.com मा पठाउनुपर्नेछ। अडिसन भाद्र २९ गतेसम्म खुला रहनेछ। सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुला रूपमा अडिसन दिन सक्ने सोका प्रोग्राम हेड शार्मले बताए। यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ। 

सोमा विजेता हुने प्रतियोगीले पचास लाखदेखि सम्बन्धित विधामा विभिन्न अवसर पाउन सक्ने आयोजकको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.