|

जनकपुरधाम : पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

असोज ८ गते एक कार्यक्रमको आयोजना गरी उनी एमाले प्रवेश गर्न लागेका हुन्। नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर लोसपामा  राजीनामा दिएको छैन।’ राजीनामा दिने विषयमा भने असोज ३ गते पत्रकार सम्मेलन गरी राजीनामा दिने उनको भनाइ छ।

अरगरियाले भने, 'धनुषा क्षेत्र नम्बर २ बाट हजारौंको संख्यामा एमाले पार्टीमा प्रवेश हुनेछ, उनले थपे, 'लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्।'

लोसपा किन छाड्न लाग्नुभएको हो? भन्ने जिज्ञासामा अरगरियाले भने, मधेसी दल एउटा कम्पनी जस्तो मात्र रहेको प्रतिक्रिया दिए।

लोसपामा परिवारवाद हाबी भएको गुनासो गर्दै भने उनीहरु पार्टीका नेताहरुको चिन्ता छाडेर आआफ्नो परिवारका सदस्यलाई कसरी सांसद बनाउने चिन्ता गरिररहेको भन्दै अरगरियाले आरोप लगाए।

आगामी चुनावका लागि उम्मेदवारमा महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाइँ,  शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गरेका छन्।

कांग्रेसबाट राजनीति सुरु गरेका अरगरिया मधेश आन्दोलनपछि मधेश राजनीतिमा प्रवेश गरेका थिए। तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर उनी मधेसको राजनीतिमा सक्रिय थिए।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि अरगरियाले पनि सो पार्टी छाडेका थिए। गच्छदार काँग्रेससँग एकीकरण गरेपछि उनी पुनः उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गरे।

२०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर –२ बाट चुनाव जितेका अरगरिया जसपा विभाजन हुँदा महन्थ ठाकुरलाई साथ दिएका थिए। महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेको हो।

 ओली नेतृत्वको तत्कालीन सरकारमा अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.