|

काठमाडौं :  नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। 

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। 

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।

दरखास्त खुलेसँगै प्रहरी कार्यालयहरूमा युवायुवतीहरूको अचाक्ली भिड बढ्न थालेको छ। 

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर तथा उपत्यकाबाहिर जिल्ला प्रहरी कार्यालयहरुमा भर्ना आवेदन दिन सकिने छ।

म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन प्रहरी प्रधान कार्यालय टेकुमा ठूलो सङ्ख्यामा युवकयुवतीको भिड लागेको थियो।

दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ। पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१.३३ इन्च, तौल ५० किलोग्राम र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ किलोग्राम भएको हुनु मापदण्ड तोकिएको छ।

म्यादी प्रहरी छनोटमा  स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू पहिलो प्राथमिकता दिने प्रहरीले जनाएको छ।

गोरखापत्रको सहयोगमा केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.