|

काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो। 

भारत ५ पटकको साफ च्याम्पियन हो। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

खेलमा नेपालको जित (तस्वीरमा):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.