|

एक्काइसौँ शताब्दीको मान्छे उच्चपठित, त्यसैले सज्ञानीमात्र होइन करिब सर्वज्ञानी नै भैसकेको छ। तर उच्चस्तरीय राजनेता तथा स्वतन्त्र प्राज्ञिक प्रतिष्ठान हाँकिरहेका नायकसमेत्को आधारभूत आचरणबाट त्यस्तो लाग्दैन। उनिहरुमध्ये धेरैजसो उदात्त नेतृत्वजन्य सार्वजनीन उत्तरदायित्वबोधले भन्दा व्यक्तिगत वा समूहगत स्वार्थमा आकण्ठ डुबेको देख्ता उनिहरूमा पशुता नै हावी रहेको देखिन्छ।

कम्तीमा सानालाई सताउने पशुताबाट माथि नउठेको किंवा वस्त्राभूषण सज्जित भएर पनि आफू अघाए पुग्ने पशुता अपनाइरहनु नै उचित ठानिरहेको प्रमाणित हुन्छ। उदाहरण व्याप्त छन् देशदेखि विदेशसम्म धरतीभरि। भलै बहाना राष्ट्रियता, जातीयता, मानवाधिकार, प्रजातन्त्र आदिआदि आदर्श नै हुनसक्छन्। चाहे त्यो उक्राइनमाथि रुसी करबाई होस् वा ताइवानमाथि चीन, अमेरिकाको वक्रदृष्टि अथवा नेपालभित्रै भ्रष्टाचारदेखि हत्यासम्मका वा व्यवस्थापकीय विजचलनका जघन्य ज्यादति हुन्।

तात्कालिक जैविक अस्तित्वको अनिवार्यता त छँदैछ। त्यसबाहेक मान्छे शारीरिक असामान्यता, लिङ्ग, जात, वर्ग, धर्म, रंग, राष्ट्रियता, वैचारिक विश्वास आदिका बहानामा पनि भेदभाव गर्छ, तेरीमेरी गर्छ। यी भेदभाव आर्थिक–सामाजिक ज्यादतीदेखि ज्यानमारा तहसम्मका हुन्छन्। 

तब त राजनीतिक विचारक बिल ब्राडलीले “नेतृत्वले नै जनता र देशमा अन्तर्निहित सक्षमता र साधनको सफलतम प्रष्फुटन र प्रयोग गराउँछ” भनेका हुन्। तर यसैबाट के पनि स्थापित हुन्छ भने कर्तव्यपरायण र कुशल नेतृत्व पाउनु जति ठुलो सौभाग्यको कुरा हो त्यति नै त्यस्तो नेतृत्व बनाउनु दायित्वपूर्ण पनि। तब त प्लेटोले ‘जस्ता जनता त्यस्तै नेता” भनेका हुन् र बाइबललेचैँ ‘अन्धाको नेतृत्व अन्धै हुन्छ र अन्धाले अन्धाको नेतृत्व गरेपछि दुवै खाल्डामा पर्छन्” भनेको हो।

यी सबै यथार्थलाई मध्यनजर गर्दा मान्छेको आधारभूत यथार्थ मुलत जसको शक्ति उसको भक्तिमा आधारित पशुता नै रहेछ भन्ने टुङ्गोमा पुग्न कर लाग्छ।

अर्को शब्दमा भन्नुपर्दा मान्छे लुगा लगाएर, घरमा बसेर, भाषा प्रयोग गरेरमात्र मान्छे हुँदो रहेनछ। वास्तविक र पूर्ण मान्छे हुन उसले संकीर्ण वैयक्तितकतालाई परित्याग गरेर वा कम्तीमा सीमामा राखेर उच्चतम सीमासम्म उदार समाजिकता अपनाउन सक्नुपर्दो रहेछ।

राष्ट्रिय स्तरबाट हेर्दा त्यस्तो सामाजिकता खडा भएपछि स्वयं एउटा स्वाधिकारयुक्त सत्ता उत्पन्न हुँदोरहेछ। त्यस सत्ताले  कतिपय अतिरिक्त दायित्वको निर्वाह र कतिपय उपकरणलगायत कतिपय सर्वाधिकारको माग गर्दोरहेछ।

खासगरी समाजलाई संगठित, संचालित र प्रभावशाली बनाउन राजनीतिनामक व्यवस्थापकीय सत्ता उत्पन्न हुँदोरहेछ जसलाई संचालन गर्न सरकार नामको संयन्त्र बनाउनुपर्दो रहेछ। स्पष्ट छ त्यस्तो संयन्त्र निर्वैयक्तिक र व्यवस्थापकीय हुने हुँदा त्यसका नामबाट काम गर्न समाजले प्रतिनिधि चुन्नुपर्दो रहेछ जसलाई नेतृत्व पनि भनिन्छ। त्यस नेतृत्वले आफ्नो दायित्व पूरा गर्न सेना र प्रहरीसहितको कर्मचारीतन्त्र नामक उपकरण निर्माण र संचालन गर्दोरहेछ।

निश्चय नै त्यस उपकरणमार्फत अमनचयन कायम गरेर सिंगो समाजको विकासनिर्माणलगायत शब्दातीत आवश्यकता पूरा गर्ने सरकारनामक त्यस्तो नेतृत्वको आवश्यक साधन–सुविधासहित विशेष अधिकार, विशेष दायित्व र विशेष कर्तव्य हुन्छ। स्पष्ट छ त्यस्तो समग्र समाजको सुरक्षा र सुखसुविधाको दायित्व बोकेको महत् नेतृत्व अकुशल, अक्षम, गैरजिम्मेदार र कमजोर भएमा समग्र कर्मचारी तन्त्रदेखि सिंगो समाज लथालिङ्ग रहनु स्वाभाविक हो।

संसारका विकसित आत्मनिर्भर र शक्तिशाली भनिने देश कर्तव्यपरायण, सुदृढ, सक्षम, जिम्मेदार र कार्यकुशल नेतृत्वकै प्रमाण हुन् भने अविकसित भनिने परनिर्भर र हरेक समस्याग्रस्त पछौटे देश कर्तव्यच्युत, कमजोर, अक्षम, गैरजिम्मेदार र अकुशल नेतृत्वका।

किनभने समाजमा भएका काम वा दायित्व जति व्यक्तिगत हुन्छन् त्यतिकै अझ सामाजिकताका कारण बढी साझा हुन्छन् जसलाई सम्पन्न गर्न साझा कार्यकर्ता चाहिन्छ जुन अन्तत नेतृत्वबाटै आउँछ। तब त राजनीतिक विचारक बिल ब्राडलीले “नेतृत्वले नै जनता र देशमा अन्तर्निहित सक्षमता र साधनको सफलतम प्रष्फुटन र प्रयोग गराउँछ” भनेका हुन्। तर यसैबाट के पनि स्थापित हुन्छ भने कर्तव्यपरायण र कुशल नेतृत्व पाउनु जति ठुलो सौभाग्यको कुरा हो त्यति नै त्यस्तो नेतृत्व बनाउनु दायित्वपूर्ण पनि। तब त प्लेटोले ‘जस्ता जनता त्यस्तै नेता” भनेका हुन् र बाइबललेचैँ ‘अन्धाको नेतृत्व अन्धै हुन्छ र अन्धाले अन्धाको नेतृत्व गरेपछि दुवै खाल्डामा पर्छन्” भनेको हो।

गीताको भनाइ “यद्यदाचरति श्रेस्ठस्तत्तदेवेतरो जनः। स यत्प्रमाणं कुरुते लोकस्तनुवर्तते” ३।२१को पनि सार उही हो। नेतृत्वको आदेश र आचरण सर्वसाधारणका निमित्त उदाहरण र अनिवार्यता दुवै हुनजान्छन्। अत मानिसका निमित्त समाज हुनु र समाजका निमित्त नेतृत्व हुनु बाध्यतम अनिवार्यता हो भने त्यस्तो नेतृत्वका सफलताको  प्राथमिक शर्त योग्य र जिम्मेदार नेता। 

तर नेतृत्व, खासगरी तेस्रो विश्वका नेतृत्व कमजोर र गैरजिम्मेदार रहने गरेका छन्। यी देश्हरूमा दैनिक जीवनमा अनिवार्य चाहिने सामान्य शान्तिसुरक्षाको अभाव, अड्डाअदालतका दैनिक कार्यमा सुचारुताको अभाव र देश्लाई उन्नतिको अग्रगामी उचाइमा लैजाने विकास–निर्माणको अभाव असाध्य खट्किँदो यथार्थ रहिआएका छन्।

यसको एक मात्र कारण नेतृत्वको कमजोरी नै हो। कारण नेतृत्व कमजोर भएपछि समग्र शासकीय संयन्त्र कमजोर अर्थात् अव्यवस्थित, अक्षम र गैरजिम्मेवार रहन्छ। यसलाई करिब २०० वर्ष अगिको भानुभक्तको “भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली” भन्ने अभिव्यक्तिले ठोकुवा गरेको छ। आजका केही प्रतिनिधि उदाहरण थप्ने हो भने निर्मला पन्तकाण्ड, उखु किसानका आँसु, वर्षभरिमा आइनपुग्ने पाठ्यपुस्तक, किसानका मल, बीज, सिँचाईका अभाव, बाढी–पहिरोको पीडा, पिउने पानीको अभाव, नित्य चढ्दो बजारभाउ, नित्य बढ्दो बेराजगरी, व्यापार घाटा र युवाशक्तिको विदेश पलायनलाई सम्झिए पुग्छ। 

माथि बाइबलको भनाइ हाम्रामा चरितार्थ भैरहेको छ सायद। यहाँ अन्धाहरु अन्धालाई नेतृत्व सुम्पिएर खाल्डामा खुर्मुरिने साइतको प्रतीक्षा गरिरहेका छन्। आशा गरौँ खाल्डामा पर्नुभन्दा पहिल्यै चुन्ने–चुनिने दुवैका आँखाले काम गर्नेछन् र दुवै खाल्डामा पर्नुभन्दा पहिल्यै यात्राको दिशा बदल्न सक्षम हुनेछन्।

“नेतृत्वले”, पाल कीटिङले भनेजस्तै “जाती हुनुपर्दैन तर ठीक र तगडा हुनुपर्छ।” मान्छेको जात अपेक्षाकृत सधैँ छाडा रहने वा छाडा रहन रुचाउने हुन्छ। यसैलाई विश्वप्रसिद्ध कवि तथा नाटककार विलियम सेक्स्पियरले “लामो सास नफेर चेली, लामो सास नफेर, मान्छे भनेको धोकेबाज जात हो  भनेका हुन्। त्यसैले यस्तो जति टाउको उति विचार हुने र “आफैँ मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने” छाडा मान्छेलाई नियमसंगत सर्वजनहिताय मार्गमा अग्रसर गराउन एउटा सक्षम र समझदार नेतृत्व अनिवार्य हुन्छ।

हुन पनि परिवारलाई मूली चाहिन्छ। फुटबल टिमलाई क्याप्टेन चाहिन्छ, कक्षालाई मनिटर, स्कूलकलेजलाई प्रधानाध्यापक, सेनाप्रहरीलाई कमाण्डर र देशलाई सरकार चाहिन्छ। यी सबै नेतृत्वमध्ये सरकार मुख्य नेतृत्व हो जसका मातहतमा अन्य सबै तहतहका साना नेतृत्व पुष्पित, पल्ल्वित र फलदायी हुन्छन्।

तर, यस्तो बढता सरकार पनि भनिने राज्य नेतृत्व स्वतः कर्तव्यपरायण, समझदार र सक्षम हुँदैन, बनाइनुपर्छ। त्यसलाई सधैँ आफूमाथि निगरानी र नियन्त्रणको आभास भैरहनुपर्छ। जहाँ निगरानी र नियन्त्रण हुँदैन र हुँदैन भन्ने उसलाई थाहा हुन्छ त्यहाँ यसले छाडापनका सबै सीमा नाघ्छ। आज नेपाली नेतृत्वमा भैरहेका छाडापन निगरानी र नियन्त्रणका अनुपस्थितिकै परिणाम हो।

संसद भङ्ग गर, फेरि फेरि भङ्ग गर, जोसुकैको जस्तोसुकै सरकार बनाऊ, जस्तोसुकै गठबन्धन गर, जोसुकैमाथि मुद्दा चलाऊ, जस्तोसुकै बजेट बनाऊ, सिसिटिभी फुटेज मेटाऊ, जोसुकैलाई जेसुकै आरोप लगाऊ, वा आरोप हटाऊ, जोसुकैलाई जुनसुकै पदमा नियुक्ति गर, जतिसुकै घुसकमिसन खाऊ, जोसुकैलाई नागरिकता देऊ, जतिसुकै शुल्क लेऊ, जति नागरिक विदेश पलायन होउन्, बजारभाउ जति बढोस्, प्राकृतिक साधन जतिनै खेर जाओस्, व्यापारघाटा जति चुलियोस्, विदेशी हस्तक्षेप जति बढोस्, परनिर्भरता जति बढोस् केही मतलब छैन, सबै छूट छ।

आजको नेतृत्व हेर्दा अभिभावकहीन परविारजस्तै देश कता जाँदैछ, लगिँदैछ होइन, भन्ने लाग्छ। नेतृत्वलाई त्यसको मतलब पनि छैन। देश कस्तो हुनुपर्छ, कर्मचारी संयन्त्र कसरी परिचालित हुनुपर्छ, के बनाइनुपर्छ, केले प्राथमिकता पाउनुपर्छ, के हतोत्साहित र के निषेधित हुनुपर्छ केही मतलब छैन।

माथि बाइबलको भनाइ हाम्रामा चरितार्थ भैरहेको छ सायद। यहाँ अन्धाहरु अन्धालाई नेतृत्व सुम्पिएर खाल्डामा खुर्मुरिने साइतको प्रतीक्षा गरिरहेका छन्। आशा गरौँ खाल्डामा पर्नुभन्दा पहिल्यै चुन्ने–चुनिने दुवैका आँखाले काम गर्नेछन् र दुवै खाल्डामा पर्नुभन्दा पहिल्यै यात्राको दिशा बदल्न सक्षम हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.