|

बैतडी : घर भत्किँदा च्यापिएर बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।

वर्षाका कारण कमजोर भएको छानो राति एक्कासी भत्किएको हो। प्रहरीको टोली घटनास्थलतर्फ गएको टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पूजा स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत  रहेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.