|
फाइल तस्वीर

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँड कार्यदलको बैठक फेरि भोलि बिहान ८ बजे बस्ने गरी सकिएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका नेताहरू आज साँझ पनि करिब ३ घण्टा बसेर निस्किएका छन्। आजको बैठकमा दलहरू आफूले दाबी गरेका सिटभन्दा केही घटाउन तयार भएकाले सकारात्मक भएको समिति सदस्य हिमलाल पुरीले थाहाखबरलाई जानकारी दिएका छन्।

पछिल्ला बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रत्यक्षतर्फ सिट बाँडफाँड समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ। 

समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची दलहरूले हिजो र अस्ति दुई दिनमा बुझाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.