|

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन्।

काठमाडौंको बुढानीलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमाले प्रवेश गराएका हुन्।

प्रवेश गर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन्। उनीहरु नेपाली कांग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन्। 
नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सधैँ प्राथमिकता दिएको बताए।

एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानीलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरूले आयोजना गरेको छलफलमा पनि सहभागी भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.