|

काठमाडौं : छिमेकी देश भारतमा रहेको अर्ध नारेश्वरधामको प्रतिमा नेपालमा पनि स्थापना गरिने भएको छ। काभ्रेको नेपाल प्रहरी स्कुल साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्न लागिएको अर्ध नारेश्वरधामकी नेपाली प्रतिनिधि प्रमुख राज्यलक्ष्मी शाक्यले बताईन्।

आज (मंगलवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर काभ्रेस्थित दीपेन्द्र प्रहरी स्कुल नजिकै धाम स्थापनार्थ निर्माण कार्य सुरू भइसकेको जानकारी दिइएको हो ।

अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्ने उद्देश्यले आफू नेपाल आएको विश्वकै पहिलो भागवत कथावाचक महामण्डलेश्वर हिमांगी सरबीले सुनाइन्। उनले आफू भगवान विष्णुको पहिलो भागवत कथा वाचक भएको समेत दाबी गरिन्।

उनले भनिन्, 'सबै मानिसलाई आशीर्वाद दिन आएकी हूँ। नेपाल र भारत एउटै हुन्। यी दुई राष्ट्र प्रेमका भूमि हुन्।’ उनले नेपालमा अर्ध नारेश्वरधामको जल स्थापना गर्ने घोषणा गर्दै आफू किन्नर निर्मोही अखडा महामण्डलेश्वर भएकोसमेत जानकारी दिइन्।

नेपालमा पनि किन्नर निर्मोही अखडाको शाखा विस्तार गर्न लागेको उनको भनाई थियो। उनले अब चाँडै नै काठमाडौंमा भागवत र सत्संग गर्ने पनि आफ्नो योजना रहेको सुनाइन्। एक कथा वाचकले भागवत सत्संग गर्दा त्यसको सकारात्मक सन्देश पुरै विश्वमा जाने उनको भनाइ थियो। स–साना बालबालिकाहरूलाई सनातन संस्कृति र शास्त्रको ज्ञान हुन आवश्यकता रहेको उनले बताइन्।

त्यस्तै, उक्त धामकी नेपाल उपप्रमुख गीता तिमल्सिनाले काभ्रेमा धार्मिक धाम बनाउन खोजेको भन्दै उक्त योजनामा राजनीति र धर्म नमिसिने स्पष्ट पारिन्। अहिले धार्मिक धाम बनाउन लागेको सुनाउँदै पछि विद्यालय बनाउने र त्यसबारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइने बताइन्। धाम, विद्यालयजस्ता पवित्र निर्माण कार्यमा जो कोही पनि जोडिने सक्ने उनले सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.