|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले  इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।

संसदका दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको विधेयक प्रमाणीकरण नभएपछि भट्टराईको यस्तो धारणा आएको हो।

उनले सदनबाट २/२ पटक पारित गरेर विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवि भण्डारीले आलटाल गरेको, प्रधानन्यायाधीश महाभियोगमा परेको र दलहरु नै आसेपासे पोस्न बैंक ब्याजदर बढाउन लाग्नु गम्भीर भएको उल्लेख गरेका छन्। 

सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ।  राष्ट्रपतिले संसदबाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु,,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्! सबै जिम्मेवार बनौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.