|

बारा :  शैक्षक भ्रमणका लागि रकम  उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले  बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा  तोडफोड गरेका छन्। कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन्।

कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित सात सुरक्षाकर्मी घाइते भएका छन् भने केही विद्यार्थी समेत घाइते भएका छन्।

कार्यालयको गाडी, टिभी, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगरप्रमुख किशोरी साह कलवारले जानकारी दिए।

भ्रमण खर्च माग्न विद्यार्थीहरु आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराईदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको नगरप्रमुख कलवारले बताए।

नगर प्रमुख कलवारले विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको आरोप लगाए। उनले यसबारे प्रहरीलाई जाहेरी दिएर कारबाही प्रकृया अघि बढाइने पनि बताए।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले क्षतिको विवरण संकलन भइनसके पनि करिब ३० लाख रुपैयाँ बढीको क्षति भएको बताए।

१६ वर्ष मुनीका विद्यार्थी भएका कारण सामान्य मात्र बल प्रयोग भएको उनले बताए। यसअघि सिम्रौनगढ नगरपालिकामा पनि विद्यार्थिहरुले तोडफोड गरेका कारण लाखौंको क्षति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.