|

काठमाडौं  : सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो। गठबन्धनको बैठकपछि बोल्दै  कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदम संविधानमाथिको अपान भएको ठहर गरेको बताए।

उनले यसलाई गम्भीर रूपमा लिइएको पनि बताए। खतिवडाले राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.