|
प्रतीकात्मक तस्वीर

विराटनगर : ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । 
ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ वर्षीय विक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको हो।

सोमबार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको  इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यसैगरी, झापाको अर्जुनधारा नगरपालिका-१० का २७ वर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ। करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लागेर घाइते भएका चेम्जोङलाई उपचारको लागि झापाको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ। प्राविधिक तथा व्‍यावाहारिक रूपमा यसबारे पूर्ण ज्ञान नहुँदा करेन्ट लागेर मानवीय क्षतिका घटनाहरू हुने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.