|
फाइल तस्वीर

काठमाडौं : अनशनरत डा. गोविन्द केसी स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारको लागि काठमाडौं आउन तयार भएका छन्।

सेती प्रदेशिक अस्पतालमा अनशनरत डा केसीको स्वास्थ्य अवस्था अनशन थालेको एक साता नपुग्दै बिग्रन थालेको थियो। अनशनको आज दशौँ दिन हो।

उनको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै थप उपचारका लागि सरकारले नै नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउने भने पनि उनले अस्विकार गर्दै आएका थिए। उनी आज साँझ आफ्नै खर्चमा धनगढीबाट हवाईजहाजबाट काठमाडौं आउने भएका हुन्।

उनी काठमाडौं आउनासाथ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी छ।

केसीले यसअघि आफ्ना माग पूरा नभई अन्त कतै नजाने अडान लिँदै आएका थिए। डाक्टरहरूको सुझावअनुसार उनी काठमाडौं आउन तयार भएका हुन्। 

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। फोक्सोमा संक्रमण, सुगर लेभल घटेको, रक्तचाप घटेको र आमाशयमा रक्तश्राव भएको जनाइएको छ।

समग्र स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको लागि सरकारले उनीसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि उनी यसपटक २०औं पटक अनशनमा बसेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.